सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटीमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटीमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

साझा पोष्ट
शुक्रबार, मंसिर १५ २०८०
  • images
    ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटीमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह
    images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।दुबईमा आयोजना भइरहेको कोप-२८ को सेरोफेरोमा आयोजित नेपाल दुबई बिजनेस फोरमलाई सम्बोधन गर्दै ढकालले  लगानीका नयाँ अवसर सिर्जना भएको भन्दै उनीहरुलाई आग्रह गरेका हुन् 

    images
    images

    ढकालले नेपालमा ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरि चार क्षेत्रहरूमा लगानीको आकर्षण बताएका हुन्। उनले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना भएको बताए ।

    images
    images

    नेपालमै ऊर्जाको खपत बढिरहेको र भारत र अध्यक्ष ढकालले जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिनेसमेत बताए । 

    नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको जानकारी दिँदै उनले निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको र पर्यटकलाई स्वागत गर्न तयार रहेको जनाए । युएईका लगानीकर्ताहरूलाई उनले भने, ‘होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारी गरौं।’

    यस्तै, उनले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका थिए। प्रविधिको क्षेत्रमा युवाहरूको आकर्षण बढिरहेको भन्दै नेपालको आइटी क्षेत्रमा समेत लगानीको सम्भावना रहेको उनले बताए।

    uae_foram.jpg
     नेपाल दुबई बिजनेस फोरममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपाली र युएईका उद्यमी । तस्विर : रासस

    ‘व्यापार र लगानीमा बैकिङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ। नेपालको बैकिङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न आग्रह गर्छु,’ उनले भने।

    सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए।ढकालले नेपाल र युएई बिच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने  प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताप्रति आभार व्यक्त गरेका थिए। साथै, दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार