सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

८० प्रतिशत शेयर ६ अर्ब ६६ करोडमा बेचेर एनसेलबाट बाहिरियो एक्जियटा

८० प्रतिशत शेयर ६ अर्ब ६६ करोडमा बेचेर एनसेलबाट बाहिरियो एक्जियटा

साझा पोष्ट
शुक्रबार, मंसिर १५ २०८०
  • images
    ८० प्रतिशत शेयर ६ अर्ब ६६ करोडमा बेचेर एनसेलबाट बाहिरियो एक्जियटा
    images

    काठमाडौं ।  ८० प्रतिशत शेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा बेचेर मलेसियन कम्पनी एक्जियटा एनसेलबाट बाहिरिएको छ । एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ब्रिकी गर्ने सम्झौता गरेको हो। 

    images
    images

    स्पेक्ट्रलाइट २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो। जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ।

    images
    images

    स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो। एक्जियटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। एक्जियटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो ।

    तर, त्यसको साढे सात वर्षपछि कम्पनीले निकै कम मूल्यमा सेयर बिक्री गरी नेपालबाट बाहिरिएको छ ।  सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार