सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकोले छानबिन हुन्छ: दूरसञ्चार प्राधिकरण 

एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकोले छानबिन हुन्छ: दूरसञ्चार प्राधिकरण 

साझा पोष्ट
बुधबार, मंसिर २० २०८०
  • images
    एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकोले छानबिन हुन्छ:  दूरसञ्चार प्राधिकरण 
    images

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने प्रष्ट पारेको छ । 
    बुधबार अर्थ  समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने जानकारी गराएका हुन् । 

    images
    images

    एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि एक्जियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले समितिमा जानकारी गराए । 

    images
    images

    त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने पनि उनले प्रष्ट पारे । उनका अनुसार प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर एनसेललाई पत्र पठाइसकिएको छ । 

    प्राधिकरणले पठाएको पत्रको जवाफ पनि मंगलबार नै आइसकेको उनले बताए । जवाफमा एनसेलले नियामक निकायका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको अध्यक्ष खनालले जानकारी  दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार