सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

साझा पोष्ट
बिहीबार , मंसिर २१ २०८०
  • images
    एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन
    images

    काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सा रहेको एक्जियटा कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

    images
    images

    आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    images
    images

    समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन्। अर्थ मन्त्रालयका सहसचिव एवम् राजस्व महाशाखा प्रमुख रितेश शाक्य,सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले पनि सदस्य छन्।समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको छ। 

    मलेसियाली कम्पनी एक्जियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यसबारे गम्भीर आशंका उत्पन्न भैरहेको छ । यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार