सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मौद्रिक नीतिको समीक्षा: रेमिट्यान्स ३० प्रतिशतले बढ्यो, खाद्य र पेयको मुल्यवृद्धि उच्च

मौद्रिक नीतिको समीक्षा: रेमिट्यान्स ३० प्रतिशतले बढ्यो, खाद्य र पेयको मुल्यवृद्धि उच्च

साझा पोष्ट
शुक्रबार, मंसिर २२ २०८०
  • images
    मौद्रिक नीतिको समीक्षा:  रेमिट्यान्स ३० प्रतिशतले बढ्यो,  खाद्य र पेयको मुल्यवृद्धि उच्च
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको, यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको जनाएको छ । मेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

     भू–राजनीतिक तनावका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँग नेपाली रूपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा दबाब परेको हो । खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा बढी चाप परेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    'केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्ध र स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चाप पर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू-राजनीतिक तनावले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ । तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेकोर नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा छ ।' समीक्षामा भनिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार