सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पुँजीगत खर्च करिब ६ प्रतिशत र समग्र कर राजस्व ७.५७ प्रतिशतले वृद्धि : अर्थमन्त्री

पुँजीगत खर्च करिब ६ प्रतिशत र समग्र कर राजस्व ७.५७ प्रतिशतले वृद्धि : अर्थमन्त्री

साझा पोष्ट
बुधबार, मंसिर २७ २०८०
  • images
    पुँजीगत खर्च करिब ६ प्रतिशत र समग्र कर राजस्व ७.५७ प्रतिशतले वृद्धि : अर्थमन्त्री
    images

    काठमाडौं । अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले गत वर्षभन्दा सुधार भएको दाबी गरेका हुन् ।  पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको दाबी गरे । 

    images
    images

    २६ मंसिरसम्म सरकारले ३४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्षको यही अवधिमा ३२ अर्ब ४३ करोड पुँजीगत खर्च भएको थियो । गत वर्षभन्दा यो अवधिमा भएको पुँजीगत खर्च ५ दशमलव ९ प्रतिशतले बढी हो ।

    images
    images

    त्यस्तै, समग्र राजस्वमा ७ दशमलव ५७ प्रतिशत वृद्धि भएको पनि अर्थमन्त्री महतले जनाए । भन्सार महसुलतर्फ करिब १३ प्रतिशत,मूल्य अभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत वृद्धि भएको उनले बताए ।अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु देखिन थालेको उनको दाबी छ ।

    ‘कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम सञ्चितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले अर्थतन्त्र शिथिल अवस्थामा थियो,’ अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको भन्दै उनले  भने, ‘कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकाले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको थियो भने घरजग्गा र सेयर कारोबारमा ठूलो गिरावट आएको थियो ।’

    आयोजनाको प्राथमिकीकरणको अभाव र सम्भावित दायित्वको आँकलन नगरी खरिद प्रक्रिया अगाडि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थाबाट आफूले अर्थतन्त्रलाई माथि उकास्न लिएका नीतिहरु प्रभावकारी ढंगबाट कार्यन्वयन हुँदा नतिजा देखिन थालेको मन्त्री महतले बताए ।बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्दै अघि बढ्दै आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको मन्त्री महतको दाबी छ ।

    वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको मन्त्री महतको दाबी छ ।यसका कारण ब्याजदर क्रमशः घट्दै गएको र हाल अन्तरबैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको उनले बताए । २०७९ चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशत रहेको तथ्यांक अर्थमन्त्री महतले जानकारी दिए । 

    घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको र सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ । यस्तै २०८० चैतसम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको र हाल घट्दो ब्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिने मन्त्रालयको विश्वास छ ।चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ मा हालसम्म उच्च ९ लाख ५४ हजार पर्यटक पुग्नु अर्थतन्त्रको लागि सकारात्मक सूचक भएको मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार