सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शेयर बजारमा ५ अर्ब भन्दा बढीको कारोबार 

शेयर बजारमा ५ अर्ब भन्दा बढीको कारोबार 

साझा पोष्ट
आइतबार, पुस १ २०८०
  • images
    शेयर बजारमा ५ अर्ब भन्दा बढीको कारोबार 
    images

    काठमाडौं । शेयरबजारमा आईतवार ५ अर्ब बढीको कारोबार भएको छ। आज बजार २७.७५ अंकले बढेसँगै ५ अर्ब १५ करोडको कारोबार भएको हो। उक्त कारोबार पछिल्लो ५ महिनायताकै उच्च हो। गत असार १३ गते बजारमा ५ अर्ब ८७ करोडको कारोबार भएको थियो। मौद्रिक नीतिको समीक्षापछि बजार निरन्तर बढेर २ हजार २२ विन्दुमा पुगेको छ।  सेयर बजार साढे २ महिनापछि २ हजारभन्दा माथि पुगेको छ । असोज १० यता २ हजारअंकमुनि रहँदै आएको बजार आइतबार भने २०२२ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २७.७५ अंक बढ्यो । 

    images
    images

    कारोबारको पहिलो १ घण्टा उच्च उतारचढाव देखिएको बजार अन्ततः बढेर बन्द भयो । मौद्रिक नीतिको समीक्षाअघि बजार साढे १८ विन्दुमा थियो। समीक्षामा मार्जिक प्रकृतिको सेयरधितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई १२५ मा झारियो । त्यसयता बजार निरन्तर बढेर २ हजार विन्दु नाघ्न सफल भएको छ।

    images
    images

    बजार बढ्न थालेसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। बजारसँगै बढ्दो कारोबारले लगानीकर्ता उत्साहित रहेको आँकलन गर्न सकिन्छ। आज ११ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

    आज बोटलर्स नेपाल (बालाजु) , रिडी पावर, शिव श्री हाइड्रोपावर, बलेफि हाइड्रो, दोर्दी खोला, विन्दवासिनी हाइड्रो, सगरमाथा जलविद्युत, भूगोल इनर्जी, रावा इनर्जी,  थ्री स्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। 

    बढेको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक २५ करोड १२ लाखको कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनिरल एण्ड आयल कम्पनीको १६ करोड ६५ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाखको कारोबार भएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार