सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ

साझा पोष्ट
आइतबार, पुस १ २०८०
  • images
    ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ
    images

    काठमाडौं। ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए।

    images
    images

    शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए।उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको समेत बताए । 

    ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    ढकालले बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई आइतबार नै शपथ गराए । संस्थापकबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन भएका थिए भने सर्वसाधारण शेयरधनीबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार