सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

शेयर बजारमा उछाल, झण्डै १ वर्षपछि पौने ७ अर्बको कारोबार

शेयर बजारमा उछाल, झण्डै १ वर्षपछि पौने ७ अर्बको कारोबार

साझा पोष्ट
सोमबार, पुस २ २०८०
  • images
    शेयर बजारमा उछाल, झण्डै १ वर्षपछि पौने ७ अर्बको कारोबार
    images

    काठमाडौं ।  शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

    images
    images

    सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो । 
    आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा आज माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यसतै बैंकिङ २.०, विकास बैंक १.८, फाइनान्स २.५, होटल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र ब्यापार समूह ०.८ प्रतिशतले घट्यो ।

    images
    images

    ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, सूर्याज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

    धेरै मूल्य घट्ने कम्पनीमा हाइड्रोपावर समूहका कम्पनीहरु अगाडि रहे । हिमालयन पावर पार्टनरको ७।८, दोल्ती पावरको ६।५, अपर स्याङ्गेको ५.३, मोदी इनर्जीको ४.६ र माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य घट्यो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार