सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश पारित

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश पारित

साझा पोष्ट
शुक्रबार, पुस ६ २०८०
  • images
    एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश पारित
    images

    काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

    images
    images

    सुनसरीको धरानमा सम्पन्न सभाले संस्थाको आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, नाफा\नोक्सान हिसाब र नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत पारित गरेको छ।
    सभाले संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    images
    images

    निर्वाचनबाट संस्थापक एनआईसी एसिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दीपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन्।साथै, नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्षसन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरे ।बैंकिङ क्षेत्रमा लामो अनुभव रहेका ढकाल एनआईसी एसिया बैंकमा प्रमुख जोखिम अधिकृत हुन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार