सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हाम्रा लागि सबै खेल फाइनल सरह भए : प्रतीश जीसी

हाम्रा लागि सबै खेल फाइनल सरह भए : प्रतीश जीसी

साझा पोष्ट
शनिबार, फागुन १९ २०८०
  • images
    हाम्रा लागि सबै खेल फाइनल सरह भए : प्रतीश जीसी
    images

    काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिकोणात्मक टि २० सिरिजको फाईनलमा पुग्यो । र, यो खेलका म्यान अफ द म्याच भए लेफ्ट आर्म मिडियम पेशर प्रतीश जीसी । उनले यो खेलमा उत्कृष्ट प्रदर्शन गरे ।

    images
    images

    प्लेयर अफ द म्याच बनेका प्रतीशले नेदरल्यान्ड्सविरुद्ध ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । तीनै जना ब्याटरलाई प्रतिशले बोल्ड गरे। खेलपछि पत्रकारसँग कुरा गर्दै प्रतीशले शुरुवाती दुई खेल हारेको अवस्थामा नेपालका लागि हरेक खेल फाइनल सरह भएको र सफलता मिलेको बताए । 

    images
    images

     प्रतीशले प्लान सफल हुँदा नतिजा राम्रो आएको बताए । टी–२० विश्वकप अघि जति प्रेसर खेल खेल्छौँ, त्यति नै फाइदा हुने जिसीले सुनाए ।

    ‘विश्वकपअघि अरू खेलहरू भयो भने चाहिँ जति प्रेसरको खेल खेल्न सक्यो, त्यति नै सजिलो हुन्छ,’ उनले भने, ‘यो किसिमको खेलले टीमको फरमेसन बन्नदेखि विपक्षीलाई चिन्नका लागि मौका छ । उनीहरूलाई पनि हामीलाई चिन्न उत्तिकै मौका छ ।’ आजको खेलमा आफूलाई प्रेसर फिल नभएको पनि उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार