सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 फ्रेञ्च लिगमा सावित्राको डेब्यु गोल 

 फ्रेञ्च लिगमा सावित्राको डेब्यु गोल 

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
     फ्रेञ्च लिगमा सावित्राको डेब्यु गोल 
    images

    काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा  मा डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि फ्रेञ्च महिला लिग (डिभिजन वान फेमिन) खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।

    images
    images

    युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरिन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् ।  गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् ।

    images
    images

    भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपको फाईनल यही खेलका लागि उनले  छोड्नु परेको थियो । उनको अभावमा नेपाल वाफ फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार