सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको उपाधिका लागि भिड्ने

नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको उपाधिका लागि भिड्ने

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको उपाधिका लागि भिड्ने
    images

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

    images
    images

    आइतबार वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएर अंक बांडिएपछी  नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । दोस्रो भएको नेपालको ४ अंक छ ।

    images
    images

    बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा रहेका बेला वर्षाको कारण ल रोकिएको खेल हुन सकेन ।

    नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल मंगलबार हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार