सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 साफ यू–१६ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई ३–० ले हरायो

 साफ यू–१६ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई ३–० ले हरायो

साझा पोष्ट
सोमबार, फागुन २१ २०८०
  • images
     साफ यू–१६ महिला च्याम्पियनसिप:  नेपालले भुटानलाई ३–० ले हरायो
    images

    काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले हराएको छ । नेपालले सबै तीन गोल पहिलो हाफमा गर्यो । 

    images
    images

    नेपालका लागि पूजा गिरीले चौधौं, भूमिका बुढाथोकीले अठाईसौं र ग्यान्सु डोल्मा लोले ३१ औं मिनेटमा  गोल गरिन् । ग्यान्सु फ्रि किकबाट सिधै गोल गरिन् । 

    images
    images

    खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो ।  नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् ।

    दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

    नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगितको फाइनल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार