सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भीड्दै 

फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भीड्दै 

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भीड्दै 
    images

    काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

    images
    images


    लिग चरणबाट पाँच अंक बटुलेर नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो र  नेपाल चार अंकसहित दोस्रो भएको फाईनलमा प्रवेश गरेका हुन् । अन्तिम खेलमा वर्षाले बाधा उत्पन्न गरेपछि अंक बाँड्नु पर्दा नामाविया आउट भयो । 

    images
    images

    अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

     पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

    तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

    नेदरल्यान्ड्स र नामिबियाबिच खेलिएको लिग चरणको अन्तिम खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिएको थियो ।

    आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । 

    प्रतिक्रिया हरु
    थप समाचार