सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

त्रिकोणीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, संघर्षपूर्ण खेलमा नेपाल पराजित

त्रिकोणीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, संघर्षपूर्ण खेलमा नेपाल पराजित

साझा पोष्ट
मंगलबार, फागुन २२ २०८०
  • images
    त्रिकोणीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, संघर्षपूर्ण खेलमा नेपाल पराजित
    images

    दीपेन्द्र कुँवर- 

    images
    images

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि  नेदरल्यान्डस्ले जितेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य  नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । डेथ ओभरमा साइब्रान्ड इंगेलब्रेक्टले आक्रामक रन बटुलेपछि पाहुना टोलीले उपाधि जित्यो । २९ बलमा ४८ रन बनाएका इंगेलब्रेक्टले कुल ४ चौका र ३ छक्का प्रहार गरे ।
    इंगेलब्रेक्टले १८ औं ओभरमा अविनाश बोहरालाई २ चौका र २ छक्कासहित २१ रन बनाएपछि नेदरल्यान्ड्सले खेल आफ्नो तर्फ मोड्यो ।  इंगेललब्रेक्टपछि आएका टिम भान डेर गुग्टेनले ५ बलमा समान २ चौका र छक्कासहित नटआउट २१ रन बनाएपछि नेदरल्यान्ड्सले १९.३ ओभरमा १ सय ८९ रन बनायो । 

    images
    images

     डच टोलीलाई अन्तिम ३ ओभरमा ४० रन चाहिएको थियो र त्यति बेलासम्म नेपाल खेलमा थियो । तर अभिनाश बोहराले १८ औं ओभरमा २१ रन दिएपछि पासा पल्टियो ।
    ओपनर माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । उनले २९ बल खेली ६ चौका र ३ छक्कका साथ ५४ रन बनाए । विक्रमजित सिंहले २३ बलमा २९, म्याक्स ओ डडले २३ बलमा २२  रन जोडे ।  नेपालका कुशल मल्लले ३ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । अविनाश र दीपेन्द्रसिंह ऐरीले मा १–१ विकेट हात पारे । 
     यस अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो । पुछारका ब्याटर एकपछी अर्को गर्दै आउट भए नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । ३।३ ओभरमा ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

    रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरे । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हाले। आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हाने । गुल्शन झाले २५ बलमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । यस्तै कुशल भूर्तेलले १० बलमा २० रन हाने । 
    करण केसी ९ रनमा आउट भए । आरिफ शेख पहिलो बलमै आउट भए । योक्रममा नेपालले ८ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा नटआउट रहे । १८ औं र १९ औं ओभरमा नेपालले समान २ विकेट गुमायो । रन बनाउनु पर्ने ओभरमा नेपालले लगातार विकेट गुमायो । जसले गर्दा २ सय रनसम्म पुग्न सकेन । नेदरल्यान्ड्सका  फ्रेड क्लासेन, भान डेर गुग्टेन, लेभिट र साइब्रान्ड इंगलब्रेक्टले २–२ विकेट लिए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार