सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टी–२० विश्वकपको तयारीका लागि सरकारले दियो ५ करोड

टी–२० विश्वकपको तयारीका लागि सरकारले दियो ५ करोड

साझा पोष्ट
बुधबार, फागुन २३ २०८०
  • images
    टी–२० विश्वकपको तयारीका लागि सरकारले  दियो ५ करोड
    images

    काठमाडौं ।  अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    images
    images


    टी-२० विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड रुपैयाँ तयारी बजेट विनियोजन भएको क्यानले जनाएको छ। क्यानले सरकारको  निर्णयलाई ऐतिहासिक भन्दै राष्ट्रिय खेलकुद परिषद्लाई पनि धन्यवाद दिएको छ।सरकार र राष्ट्रिय खेलकुद परिषदको साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास क्यानले गरेको छ।

    images
    images

    आगामी आईसीसी टी- २० विश्वकप क्रिकेट प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्दैछन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सभागिता जाउँदैछन्। आईसीसीले २०२४ देखि पहिलोपटक २० टिमबीच टी-२० विश्वकपमा प्रतिस्पर्धा गराउन लागेको हो।

    आईसीसीको  निर्णयअनुसार १२ टिम सिधै र ८ टिमलेक्षेत्रीय छनोट चरणमा पार गरेर विश्वकप खेल्दैछन् । नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको थियो। गत कात्तिकमा आईसीसी टी–२० आई विश्वकप एसिया छनोटअन्तर्गत यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो।

    प्रतिक्रिया हरु
    थप समाचार