सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतसँग १०-० ले हार्दै नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपबाट बाहिरियो

भारतसँग १०-० ले हार्दै नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपबाट बाहिरियो

साझा पोष्ट
बिहीबार , फागुन २४ २०८०
  • images
    भारतसँग १०-० ले हार्दै नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपबाट बाहिरियो
    images

    काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू–१६ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।  लिग चरणबाको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल हुँदै बाहिरिएको हो । 

    images
    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो । दोस्रो मिनेटमै भारतले गोल गर्न शुरु गरेको थियो । नेपाललाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । अब उसले बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुनेछ ।

    images
    images

    चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग हारेको नेपालले त्यसपछि भुटानलाई हराएको थियो ।३ खेल नै खेलिसकेको भारतले ६ अंक जोडेको छ । नेपाल र भारतको लागि आजको खेल अघोषित सेमिफाइनल जस्तै थियो । जित्ने टोली फाइनल पुग्ने र हार्ने टोली बाहिरिने थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार