सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

"तिलोत्तमा एक्स्ट्राटेक ओभल कप"को जर्सी सार्वजनिक

"तिलोत्तमा एक्स्ट्राटेक ओभल कप"को जर्सी सार्वजनिक

साझा पोष्ट
शनिबार, फागुन २६ २०८०
  • images
    "तिलोत्तमा एक्स्ट्राटेक ओभल कप"को जर्सी सार्वजनिक
    images

    बुटवल ।  तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा सहभागी हुने टिमले लगाउने जर्सी(टिसर्ट) सार्वजनिक गरिएको छ ।बुटवलमा पत्रकार सम्मेलन गरि जर्सी सार्वजनिक गरिएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, एक्स्ट्राटेक ओभल मैदानका निर्माता विनोद कुंवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र जर्सी निर्माता कम्पनी निभियाका राजेन महर्जनले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवास्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप आयोजित प्रतियोगितामा टि–१० फर्म्याटमा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी ४ वटा टोलीले प्रतिष्पर्धा गर्नेछन् । नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ र नेपाल रुपन्देही लिजेन्ड्स टोली सहभागी हुने छन् । लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्ता लगायत सहभागी हुने छन् । यसैगरि पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन रेस्ट अफ नेपालको नेतृत्व विनोद दासले गर्ने छन् । दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम , विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थाअरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर खेलाडीहरु छन् ।हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहितका खेलाडी छ्न ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार