सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पारसको टोलीले जित्यो एक्स्ट्राटेक लिजेण्ड्स कपको उपाधि

पारसको टोलीले जित्यो एक्स्ट्राटेक लिजेण्ड्स कपको उपाधि

साझा पोष्ट
मंगलबार, फागुन २९ २०८०
  • images
    पारसको टोलीले जित्यो एक्स्ट्राटेक लिजेण्ड्स कपको उपाधि
    images

    तिलोत्तमा (रुपन्देही) । नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि २०१४  विश्वकप लिजेन्ड्सले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले हराउंदै २०१४ टोलीले उपाधि जितेको हो । २०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर नट आउट रहे । यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए । ओपनर सिता राना मगरले १४ बलमा १२ रन जोडिन् । २०१४ टोलीका लागि म्यान अफ द म्याच साम्सन जंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २-२ विकेट लिए । दिपेन लाम्गादेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गर्यो । २०१४ टोलीका लागि कप्तान पारस खड्काले विष्फोटक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैद्यले १३ तथा दिपेन लाम्गादेले ९ रन जोडे । रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए । यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १-१ विकेट लिए । रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्स र २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोलीले भाग लिएका थिए । 

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार