सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फाइनलमा फेरि चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

फाइनलमा फेरि चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

साझा पोष्ट
बुधबार, फागुन ३० २०८०
  • images
    फाइनलमा  फेरि चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार
    images

    काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    images
    images

    जितका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल निकै कमजोर प्रदर्शन गर्दै १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । पीएनजीलाई ८५ रनले हराउँदै फाईनल प्रवेश गरेको नेपालले उपाधि भीडन्तमा लज्जास्पद खेल्यो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    images
    images

    सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए ।आरिफ शेखले १५ रन जोडे । यस्तै, कप्तान रोहित पौडेलले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए । पीएनजीका लागि कावुआ मोरेरा, सेमो कमेया,चाड सोपर र सेसे बोउले दुई दुई विकेट लिए । यसअघि 
    टस हारेर पहिलो ब्याटिङ  गरेको पीएनजीले आठ विकेट गुमाएर १ सय ७१  रन बनायो । खराब शुरुवात गरेपनि उसले पछि राम्रो स्कोर खडा गर्यो । एक समय ४३ रनमा ४ विकेट गुमाएर संकटमा परेको पीएनजीका लागि टोनी उराले सम्हालिएर खेल्दै टिमको स्कोर अघि बढाए । टोनी उराले सर्वाधिक ६१ रन बनाए ।

    ओपनर उरा छैटौं विकेटका रुपमा आउट भए । नवौं क्रमका ब्याटर एली नावोले आक्रामक खेल्दै १० बलमा ३ छक्का र एक चौका हान्दै नटआउट रन बनाए । हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।नेपालले १३ अतिरिक्त रन दियो । नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले समान ३ विकेट लिए । यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार