सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राखेपले एन्फालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

राखेपले एन्फालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

साझा पोष्ट
शुक्रबार, चैत २ २०८०
  • images
    राखेपले  एन्फालाई सोध्यो २४ घण्टे स्पष्टीकरण
    images

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    images
    images

    राखेपले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण केहो रु छनौट प्रतियोगितामा संलग्न समुह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरु को को हुन र किन सहभागीता गराइएको हो ? भनेर स्ष्टीकरण सोधेको छ ।

    images
    images

    राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र सो सम्बन्धी यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न भनेको छ ।  खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो ।

    बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो । राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए ।

    उक्त टोलीमा खेलमा संलग्न समुह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधी संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको विषयमा एन्फाप्रति ध्यानाकार्षण भएको जनाएको छ ।

    विश्वकप फुटबलको तयारी स्वरुप नेपाली फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार