सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खेलकूदका नाममा मानव तस्करी गर्नेलाई कारवाही गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

खेलकूदका नाममा मानव तस्करी गर्नेलाई कारवाही गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता

साझा पोष्ट
शनिबार, चैत ३ २०८०
  • images
    खेलकूदका नाममा मानव तस्करी गर्नेलाई कारवाही गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
    images

    काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको‌ नाममा मानव तस्करी भैरहेको बताउँदै त्यसो गर्ने प्रशिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

    images
    images

    नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबारदेखि सुुरु भएको आठौं आरबीबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनसिपको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तस्करी गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् । खेलकुदका‌ मानव तस्करी गर्नेलाई कारवाही प्रकियामा ल्याउने प्रकिया सुरु गरिसकिएको पनि बताए । 

    images
    images

    '२०-२२ लाख रुपैयाँ लिएर मानव तस्कर गर्ने गरेको जानकारी पाएका छौं । त्यसको सुचना संकलन गर्दै छौं। त्यस्तालाई कारवाहीको दायरामा ल्याइनेछ।’ उनले भने ।
    श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने पनि बताए ।' मन्त्रीपरिषद र नेताहरुले ग्रिन सिंगल दिएमा अहिलेको मन्त्री क्वाटर आवासिय ट्रेनिङ सेन्टर हुने प्रबल सम्भावना छ', मन्त्री श्रेष्ठले भने।

    उनले बेथितीहरु अन्त्य र खेललाई स्वच्छ गर्नुपर्नेमा जोड दिदै नेपाली झण्डा विदेशमा फहराउन पर्ने बताए ।राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
    राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा पुसमा बसेको बैठकले नै  प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार