शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बसन्तपुरमा चीर ठड्याइयो, शुरु भयो होली

बसन्तपुरमा चीर ठड्याइयो, शुरु भयो होली

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    बसन्तपुरमा  चीर ठड्याइयो,  शुरु भयो होली
    images

    काठमाडौं ।  काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ ।  वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । 

    images
    images
    images

    यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

    images
    images
    holi_chir2.PNG

    यही प्रचलन अनुसार आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई\मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

    holi_chir.PNG

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार