शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधन

जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधन

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधन
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ। 

    images
    images
    images

    आइतबार बिहान सात बजेर ५५ मिनेट जाँदा सांसद शर्माको निधन भएको सो पार्टीको संसदीय दलका उपनेता नवलकिशोर साहले जानकारी दिए। उनको हृदयाघातको कारण निधन भएको बताइएको छ ।

    images
    images

    सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।  

    प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।आइतबार बसेको बैठकले जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार