शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बाँसबारी जग्गा हिनामिना काण्डमा विनोद चौधरीको बयान लिइँदै

बाँसबारी जग्गा हिनामिना काण्डमा विनोद चौधरीको बयान लिइँदै

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    बाँसबारी जग्गा हिनामिना काण्डमा विनोद चौधरीको बयान लिइँदै
    images

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख श्याम ज्ञवालीलाई चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन् । गृहमन्त्रालय स्रोतका अनुसार चौधरीको बयान लिने तयारी छ । 

    images
    images


    सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि १८ माघमा विनोद चौधरीका भाइ अरुण कुमार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । तर जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भनेपछि उनीहरु रिहा भएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार