सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल ए क्रिकेट टोलीको प्रशिक्षणमा ४० खेलाडी, कमल ऐरीको पुनरागमन

नेपाल ए क्रिकेट टोलीको प्रशिक्षणमा ४० खेलाडी, कमल ऐरीको पुनरागमन

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    नेपाल ए क्रिकेट टोलीको प्रशिक्षणमा ४० खेलाडी, कमल ऐरीको पुनरागमन
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एकदिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।

    images
    images

     प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी., विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् ।कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । पछिल्लो समय भारतमा उपचारपछि कमल फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी-२० आई खेल खेलेका छन् ।

    images
    images

    नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग दुई टी-२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी-२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एकदिवसीय अभ्यास खेल खेल्ने छ ।

    बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :
    विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर साह, रित गौतम, पवन सराफ,अर्जुन साउद, नरेन भट्ट, दिलीपनाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, श्याम ढकाल (मौसम), रंजीत कुमार, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दिपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, नरबहादुर सार्की ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार