सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग बार्कले

नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग बार्कले

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    नेपाल आइपुगे आईसीसीका अध्यक्ष ग्रेग बार्कले
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

    images
    images

    सोमबार ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान)  का उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । 

    images
    images

    उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् ।नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवातथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । यी सबै सकेर चैत ८ मा फर्किनेछन् । 

    उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार