सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

पहिलो कप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास

पहिलो कप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास

साझा पोष्ट
मंगलबार, चैत ६ २०८०
  • images
    पहिलो कप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापा मगरले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् । 

    images
    images


     ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’ नेपाली महिला क्रिकेट टिमको पहिलो कप्तान नेरीले  सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति  लेखेकी छन् । 

    images
    images

    नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो । त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

     नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । उनले तत्कालिन क्षेत्रनम्बर ५ बाट खेल्दै काठमाडौंविरुद्ध शतक बनाएकी थिइन् । २०७० सालमा शतक बनाउँदा उनले काठमाडौंविरुद्ध १२१ रन जोेडेकी थिइन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार