सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराजले जिते स्वर्ण पदक

मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराजले जिते स्वर्ण पदक

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    मुवाँथाई विश्व च्याम्पियनसिपमा गुणराजले जिते स्वर्ण पदक
    images

    काठमाडौं ।  नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

    images
    images

    थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा मंगलबार त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई हराउँदै स्वर्ण पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिएका छन् । 

    images
    images

    गुणराजको उपलब्धि मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च सफलता हो । कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण पदक जितेका थिएनन् ।विश्व च्याम्पियनसिपमा गुणराजको यो आठौं सहभागिता हो।यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपको एमेच्योर स्वर्ण पदक जितेका थिए ।

    आज सम्पन्न हुने १९ औं विश्व च्याम्पियनसमा परिका बतासले पनि स्वर्ण जितेकी छन् । एमेच्योर महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण पदक जितेकी हुन् ।

    च्याम्पियनसिपको ५१ केजी सेमी‌ प्रोमा सन्जय राईले रजत पदक जितेका छन्‌ । च्याम्पियनसिपको एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कास्य  जितेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार