सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित छु : आईसीसी अध्यक्ष

नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित छु : आईसीसी अध्यक्ष

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    नेपाली क्रिकेटको वर्तमान र भविष्यबाट प्रभावित छु : आईसीसी अध्यक्ष
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष जर्ज बार्क्ले नेपाली क्रिकेटको विधमान अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् । पाल भ्रमणमा रहेका आईसिसी अध्यक्ष बार्क्लेले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली क्रिकेटको भविस्य राम्रो रहेको पनि बताए । 

    images
    images

     ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, खेलकुदमन्त्री र प्रधानमन्त्रीलाई भेटेँ । नेपाली क्रिकेटको भविस्यलाई लिएर केही सकारात्मक प्रभाव परेको छ ।’ उनले भने । नेपाली क्रिकेटको प्रगति भइरहेको र भविस्यमा पनि नेपाली क्रिकेटको प्रगति हुनेमा उनले विश्वास व्यक्त गरे ।

    images
    images

    उनले आफ्नो नेपाल भ्रमणले नेपाल क्रिकेट संघ र आईसीसी दुवैलाई फाइदा पुग्ने पनि बताएका छन् । उनले क्रिकेटको विकाशका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको पनि बताए ।

    ‘आईसीसीका प्रतियोगिता र दुई देशीय शृंखलाहरु आयोजन गर्न स्तरीय पूर्वाधारहरु चाहिन्छ’, उनले भने । बार्क्लेले प्राक्टिस मैदान, लाइट र हाइपर्फमेन्स एरियालगायत न्युनतम आवश्यकताहरु भएको औँल्याए ।

    उनले नेपालका मैदानहरुबाट आफु खुसी भएको र तर ठुला टिम र प्रतियोगिताहरु आयोजना गर्न त्यसमा अझै कामहरु गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने भन्दै आईसीसीलाई पनि सहकार्यका लागि आग्रह गरेको बार्क्लेले जानकारी दिए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार