सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपाल बहराइनसँग ५-० ले पराजित

नेपाल बहराइनसँग ५-० ले पराजित

साझा पोष्ट
शुक्रबार, चैत ९ २०८०
  • images
    नेपाल बहराइनसँग ५-० ले पराजित
    images

    काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ।

    images
    images

    शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित भएको हो। बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १–१ गोल गरे।

    images
    images

    पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा  २ गोल थप्यो । दोस्रो मिनेटमै गोल खाएको  नेपालले ८ मिनेटमा पुन अर्को गोल खायो । समूह ‘एच’ मा रहेको नेपालको यो लगातार तेस्रो हार हो । यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो।

    यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। बहराइनले यसअघि यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो। समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन छ। 
     


    प्रतिक्रिया हरु
    थप समाचार