शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

महरा हाजिरी जमानतमा रिहा

महरा हाजिरी जमानतमा रिहा

साझा पोष्ट
शुक्रबार, चैत ९ २०८०
  • images
    महरा हाजिरी जमानतमा रिहा
    images

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो । सरकारी वकिल मार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार