शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा आयो

बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा आयो

साझा पोष्ट
शुक्रबार, चैत ९ २०८०
  • images
    बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा आयो
    images

    काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएका हुन्।  ‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, अधिकारीले भने, ‘नेपाल सरकारको स्वीकृतबिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन। मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ।’ मन्त्री अधिकारीका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा २०४४ साल भदौ ५ गते च्याम्पियन फुटवेरको नाममा गएको थियो।त्यसपछि २०४४ मंसिर १८ गते थप ४ रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा पास गरिएको थियो। मन्त्री अधिकारीका अनुसार कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा लगिएको थियो। ‘उक्त जग्गा अब नेपाल सरकारकै मातहत ल्याउने काम भएको छ’, उनले भने, ‘त्यसका लागि डिल्ली बजार मालपोत कार्यालयले आवश्यक फैसला गरिसकेको छ।’ 

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार