सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई
    images

    काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

    images
    images

    शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे ।उनले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारे । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो भए ।

    images
    images

    तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै पहिलो भइन्। नेपाल पुलिसकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् ।तेस्रो बनेकी एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरिन् । 

    हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधे राधे पुगेर  फर्किएको थियो ।

    १० किलोमिटर पुरुषतर्फ खुल्ला प्रतिस्पर्धातमा आर्मीले प्रथमदेखि पाँचौं सबै उपाधि जित्यो । मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने ।

    पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्डेय प्रथम, राजपुरा दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।

    स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे ।

    ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं भए । ।

    ह्विलचियर महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।

    प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले  म्याराथन आयोजना गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार