सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलमा चेन्नइको विजयी सुरुआत

आईपीएलमा चेन्नइको विजयी सुरुआत

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    आईपीएलमा चेन्नइको विजयी सुरुआत
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा साविक विजेता चेन्नइ सुपर किङ्ग्स (सीएसके) ले विजयी शुरुवात गरेको छ । 
    चेन्नइले आफ्नै मैदानमा भएको सिजनको पहिलो खेलमा रोयल च्यालेञ्जर बेंगलोर (आरसीबी)लाई ६ विकेटले हराउँदै आईपीएलमा विजयी सुरुआत गरेको हो ।

    images
    images

    आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।चेन्नइका लागि शिवम दुवे ३४ र रविन्द्र जडेजा २५ रनमा नटआउट रहे । ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक-एक विकेट लिए ।

    images
    images

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा नटआउट रहे ।

    चेन्नाइका लागि मुस्तफिजुर रहमानले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए ।आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३: ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार