सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रोमाञ्चक खेलमा आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि

रोमाञ्चक खेलमा आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    रोमाञ्चक खेलमा आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि
    images

    काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि जितेको छ  । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । 
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २०-२५ ले गुमाएको हेल्प नेपालले दोस्रो सेट २७-२५ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा भने हेल्प नेपाल २३–२५ ले पराजित भयो । 

    images
    images

    प्रतिस्पर्धात्मक चौथो सेटमा २९–२७ को जित निकालेपछि खेल पाँचौ सेटमा गयो । पाँचौं तथा निर्णायक सेटमा २२–२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्यो ।हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार