शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा दाङमा एकै घरका ३ जनाको मृत्यु
    images

    काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ ।

    images
    images
    images

    शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका वडानम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्णको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

    images
    images

    करेन्ट लागेर तीनैजना गम्भीर भएका थिए । हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले जानकारी दिए । 

    घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेपछि बचाउन गएका हजुरआमा र हजुरबुबाको पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार