बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ ।


    images
    images

    मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । 

    लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।

    यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका  दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् ।मुख्यमन्त्री महरालाई विश्वासको मत दिएका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि पूर्वसहमति अनुसार मन्त्री बनाइएको छ । 

    lumbini-cabinet.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार