बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

लुम्बिनीमा एमालेले टुंग्यायो मन्त्री, थप चार जना सरकारमा जाने

लुम्बिनीमा एमालेले टुंग्यायो मन्त्री, थप चार जना सरकारमा जाने

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    लुम्बिनीमा एमालेले टुंग्यायो मन्त्री, थप चार जना सरकारमा जाने
    images

    बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएर अर्थमन्त्री बनाएको एमालेले अरु चार जनाको नाम टुंगो लगाएको छ । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।


    images
    images

     ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी बनाइएको छ । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री बनाइसकेका छन् ।

    महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् ।उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्नेछिन् ।  केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।जसपाबाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर  दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागेको छैन ।लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार