सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलमा पञ्जाबको विजयी शुरुवात

आईपीएलमा पञ्जाबको विजयी शुरुवात

साझा पोष्ट
शनिबार, चैत १० २०८०
  • images
    आईपीएलमा पञ्जाबको विजयी शुरुवात
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुआत गरेको छ । शनिबार भएको  पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । 
    पञ्जावलाई जिताउन साम कुरानले ४७ बल खेल्दै सर्वाधिक ६३ रन बनाए ।  लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ३८ रनको योगदान गरे । 

    images
    images

     प्रभिसिमरन सिंहले १७ बलमा २६ तथा कप्तान शिखर धवनले १६ बलमा २२ रन बनाए । दिल्लीका खलिल अहमद र कुलदीप यादवले दुई दुई विकेट लिँदा इशान्त शर्माले एक विकेट हात पारे ।  टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

    images
    images

    दिल्लीका लागि साइ होपमले २५ बलमा ३३ रन बनाउँदा अभिषेक पटेलले १० बलमा ३२ रनको धुवाँधार नटआउट पारि खेले । यसैगरी डेभिड वार्नर २९ रनमा आउट हुँदा मिचेल मार्सले २० रन जोडेका थिए ।  दुर्घटनामा परेको १५ महिनापछि कमब्याक गरेका दिल्लीका कप्तान ऋषभ पन्तले  १३ बलमा १८ रन बनाएका थिए । अक्षर पटेलले २१ रन बनाएका थिए । 

     पञ्जावका  हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरको नाममा एक एक विकेट रह्यो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार