शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

सुनकोसीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता

सुनकोसीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    सुनकोसीमा पौडी खेल्न गएका तीन बालबालिका बेपत्ता
    images

    काठमाडौं । होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्।

    images
    images
    images

    उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका हुन्।

    images
    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।

    होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए।

    उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट उद्धार गरेको प्रहरीले जनाएको छ। बेपत्ता भएका बालबालिकाहरूको खोजी तीव्र पारिएको छ

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार