शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

घर झगडामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

घर झगडामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    घर झगडामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
    images

    बुटवल । बाँकेमा एक युवकले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । 

    images
    images
    images

    बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् ।श्रीमतीले लुकाएर राखेको रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएको थियो ।

    images
    images

    बर्दियाको बाँसगढी घर भएका यी दुवैजन बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती  आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

    गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर उनीहरुले पार्वतीपुरस्थित बागेश्वरी ह्यूम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामै घटना भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार