सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बागमती सरकार विस्तार हुँदै, एमालेका थपलियाले आजै शपथ लिने

बागमती सरकार विस्तार हुँदै, एमालेका थपलियाले आजै शपथ लिने

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    बागमती सरकार विस्तार हुँदै, एमालेका थपलियाले आजै शपथ लिने
    images

    काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    images
    images

    एमालेबाट एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको बताइएको छ ।

    images
    images

    जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी हुने तय भएको छ । थपलियालाई मुख्यमन्त्री जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने पक्का भएको छ ।

    स्रोतका अनुसार थपलियाले आजै बेलुकी ५ बजे प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनेछन् । 

    थपलिया दोस्रोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए ।

    गठबन्धनमा फेरबदल आएसँगै थपलियाले छोटो अर्थात साढे २ महिनामै सरकार छोड्नु परेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार