सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुख्यमन्त्री जमकट्टेलको विश्वासको मत असफल पार्न बागमतीका सभामुखलाई प्रस्ताव !

मुख्यमन्त्री जमकट्टेलको विश्वासको मत असफल पार्न बागमतीका सभामुखलाई प्रस्ताव !

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    मुख्यमन्त्री जमकट्टेलको विश्वासको मत असफल पार्न बागमतीका सभामुखलाई प्रस्ताव !
    images

    काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत माग्ने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन आफूलाई प्रस्ताव आएकाे दाबी गरेका छन् ।

    images
    images

    शनिबार चितवनमा भएकाे प्रदेशसभा सचिवालय र पत्रकारहरूबीचकाे अन्तर्क्रिया कार्यक्रममा उनले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताएका हुन् ।

    images
    images

    'विश्वासकाे मतमा मलाई अनुपस्थित हुन प्रस्ताव आएकाे थियाे । दबाब आएकाे थियाे । म अनुपस्थिति भए के हुन्थ्याे ? काेशीमा जस्तै घटना हुन्थेन ?’, पाठकले भने ।

    पाठकले उक्त प्रस्तावलाई अस्वीकार गरेकाे बताउँदै आफूले सभामुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्ने बताए । आफू प्रदेशसभामा खेलाडी नभई एम्पायर भएकाे भन्दै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।

    उनले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन कसले दबाब दियो भन्नेबारे भने खुलाएनन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार