सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमाले बागमती प्रदेशमा सामेल, एक वर्षपछि अर्थमै फर्किए थपिलया

एमाले बागमती प्रदेशमा सामेल, एक वर्षपछि अर्थमै फर्किए थपिलया

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    एमाले बागमती प्रदेशमा सामेल, एक वर्षपछि अर्थमै फर्किए थपिलया
    images

    काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन् ।

    images
    images

    थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिए । थपलिया यसअघि २६ पुस २०७९ मा जम्कट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री थिए । एक वर्षपछि उनी त्यही मन्त्रालयमा फर्किएका छन् । 

    images
    images

    केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि बागमतीमा पनि एमालेका मन्त्रीहरुले साढे दुई महिनामै राजीनामा दिएका थिए । १० चैत २०७९ मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अवसर पाएका छन्।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार