शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

महालेखा परीक्षकमा तोयम राया सिफारिस

महालेखा परीक्षकमा तोयम राया सिफारिस

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    महालेखा परीक्षकमा तोयम राया सिफारिस
    images

    काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

    images
    images
    images

    आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

    images
    images

    हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरिएको परिषद्की सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

     संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्। 

    एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलोपटक परिषद्को बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका थिए । 

    गत  जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो।

    संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो। रायसहित १६ जनाले महालेखा परीक्षकमा दाबेदारी प्रस्तुत गरेका थिए।

    आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल ,बाबुराम गौतम थिए।

    महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुन्छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार