शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु : दुर्गा प्रसाईँ

मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु : दुर्गा प्रसाईँ

आफूलाई पक्रेर देखाउन चुनौती

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    मेडिकल कलेजको सम्बन्धन आयो, अब बैंकको पैसा तिर्छु : दुर्गा प्रसाईँ
    images

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाईले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै सरकारलाई चुनौती दिएका हुन् । आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम पनि दिए ।

    images
    images
    images


    प्रसाईँलाई सरकारले पक्राउ गर्न लागेको चर्चाबीच उनी दिल्ली पुगेका थिए । उनले दिल्ली जानुको कारण खुलाएनन् । उनी पहिलेभन्दा अझै  उत्तेजक देखिए । 
    ‘यो देश जोगाउँछु, धर्म संस्कृति जोगाउँछु भन्दा दुर्गा प्रसाईँलाई धम्की दिएर अंगरक्षकलाई पक्रिने काम भयो । पहिले दुर्गा प्रसाईँको हातगोडा कटेपछि आफैँ ढल्छ भन्ने होला । म भन्छु, म त्यत्तिकै चलेको छैन । तिमीहरूलाई जुन बाउले चलाउँछ नि, त्यो बाउसँग मेरो राम्रो सम्बन्ध छ भन्ने बुझ । जसलाई यिनीहरूको बाउले चलाउँछ, त्यहीसँग दुर्गा प्रसाईँको सम्बन्ध छ । भारत, चाइना, अमेरिका को कोसँग छोडिदिनुस् न ।’ उनले भने । 

    images
    images

    आफ्ना अंगरक्षकलाई पक्राउ गरिएकोमा उनको चर्को आक्रोश ब्यक्त गरे । प्रसाईँले सुरुमा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे । १३ वर्षसम्म आफूलाई अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको उनको प्रतिक्रिया छ ।

    ‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा नय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद,’ उनले भने ।

    प्रसाईँले अब एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए ।‘म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु । क्लियर कुरा यही हो,’ उनले भने ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार