सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतमा नेपालको विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित

भारतमा नेपालको विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    भारतमा नेपालको विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित
    images

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ ।

    images
    images

    जितकालागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ र अनिल साह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।  कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन बनाए ।

    images
    images

    गुजरातका लागि हेमान्ग पटेल र तेजस पटेलले समान एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो ।

    गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाए ।

    नेपालका लागि गुल्सन झाले चार ओभरमा २२ रन खर्चिदै चार विकेट लिए । यसैगरी करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए ।  अब नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट संघको सामना गर्नेछ । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार