सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातसँग हैदरावाद पराजित

गुजरातसँग हैदरावाद पराजित

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    गुजरातसँग हैदरावाद पराजित
    images

    काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रीमियर लिग ९आईपीएल० को जारी सिजनमा दोस्रो जित हासिल गरेको छ  

    images
    images

    आइतबार भएको १२ औँ भिडन्तमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । 
    जितका साथ गुजरातको टोली आईपीएलको चौथो नम्बरमा उक्लेको छ। पराजित हैदराबाद तालिकाको पाँचौँ नम्बरमा छ।

    images
    images

    अहमदाबादमा  सनराइजर्स हैदराबादले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रनको सामान्य योगफल तयार पारेको थियो। 

    १६३ रनको सामान्य लक्ष्यलाई गुजरातले १९।१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाउन सफल भयो। गुजरातका साई सुदर्शनले ३६ बलमा ४५ रनको पारी खेले। उता  डेभिड मिलरले २७ बलमा अविजित ४४ रन बनाए। 

    कप्तान शुभमन गिलले ३६ र ऋद्धिमान साहाले २५ रनको योगदान दिए।सनराइजर्सकोतर्फबाट अभिषेक शर्मा र अब्दुल समदले २९(२९ रन बनाए। हेनरिक क्लासनले २४ रनको योगदान दिए। प्लेयर अफ दि म्याच घोषित गुजरातका मोहित शर्माले २५ रन दिएर ३ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार